झालाई प्राधिकरण फर्काउन चलखेल गर्दै एनसेल र स्मार्टसेल

digambar jha

   काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्त खारेज भएसँगै पदच्यूत भएको दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई पुनः प्राधिकरणको अध्यक्ष बनाउन एनसेल, स्मार्टसेललगायतका मोवाइल सेवा प्रदायक कम्पनीहरु लागि परेको रहस्य खुलेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले असार २० गते शेरबहादुर देउवा सरकारले २०७४ भदौ १४ देखि फागुन २ सम्म गरेका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको थियो । उत्त निर्णय गरे लगत्तै सर्वोच्च अदालत पुगेका झाले पछि निवेदन फिर्ता लिएका थिए ।

दूर सञ्चारको अध्यक्ष भएको बेलामा ६५ अर्व रावश्व तिर्न आनाकानी गर्दै आएको एनसेललाई फाइदा पुग्ने गरी काम गरेका झालाई पुनः अध्यक्ष बनाउन एनसेल सक्रिय भएर लागेको छ । तर, कानुनतः झालाई पुनः नियुक्ति गर्न नमिल्ने भएपछि एनसेल पनि ‘ब्याक’ भएको बताइएको छ । देउवा नेतृत्वको सरकारले पनि झालाई पुनः दूर सञ्चारको अध्यक्ष बनाएको हुँदा उनलाई अहिले फेरि नियुक्ति गर्न मिल्दैन ।

यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेका राजकिशोर यादवले झालाई दूर सञ्चारको अध्यक्ष बनाएका थिए । यदि झालाई फेरि पनि अध्यक्ष बनाउने हो भने सार्वजनिक रुपमा सूचना जारी गरेर प्रतिस्पर्धाबाट लैजानु पर्ने हुन्छ ।

तर, यो प्रक्रिया झण्झटिलो भएपछि विना प्रतिस्पर्धा झालाई कसरी अध्यक्ष बनाउन सकिन्छ भनेर एनसले र स्मार्टसेलले भित्रभित्रै चलखेल सुरु गरेका छन् । यहि चलखेलका कारण प्राधिकरणमो अध्यक्षको पद लामो समयसम्म खालि हुने आशंका पैदा भएको छ । यदि यस्तो भएको खण्डमा प्राधिकरणका समान्य काममा समे अप्ठेरो पर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित