'डन' मनाङेलाई एमालेले टिकट दिएन, स्वतन्त्रबाट लड्ने

काठमाडौं। गुण्डा नाइके दीपक मनाङेलाई एमालेले टिकट नदिने भएपछि स्वतन्त्रबाट चुनाव लड्ने भएका छन् । मनाङबाट प्रदेशसभाका लागि स‍‍र्वसम्मत सिफारिस मनाङेलाई टिकट दिने तयारी गरेको भन्दै एमालेको आलोचना समेत भएको थियो।

एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका गरेका हुन । कांग्रेस हुँदै राप्रपा मनाङका अध्यक्ष रहेका मनाङे केही समयअघि मात्र एमालेमा प्रवेश गरेका थिए।

पार्टी प्रवेशसँगै उनको नाम प्रदेशसभाका लागि सिफारिस भएको थियो।उनी काठमाडौंमा गुण्डागर्दी,फिरौती असुलीलगायतका घटनाहरुमा मुछिदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित