स्थापनाको चार वर्षमै सौर्य एयरलाइन्स विक्री

saura airlinew

  काठमाडौं । स्थापनाकाल देखि नै आर्थिक संकटमा परेको निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्स बिक्री भएको छ। सौर्यले अपेक्षित बजार लिन नसकेपछि सञ्चालन नोक्सानी बढ्दै जाँदा बैंकको व्याज, कर्मचारीलाई तलब र इन्धनको बक्यौता नै धेरै हुन थालेपछि उडान कटौति गर्दै आएको थियो।

सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलका अनुसार एयरलाइन्स बिक्री सम्बन्धि हस्ताक्षर भइसकेको र रकम भुक्तानी हुनमात्र बाँकी रहेको छ।

स्रोतका अनुसार सौय एयललाइन्स चीनमा व्यापार व्यवसाय गर्दै आएको श्याम अधिकारीको नेतृत्वमा खरिद भएको छ । यद्यपी पुरानो टिमको पनि केही सेयर स्वामित्व हुने पोखरेलले जानकारी दिए। नयाँ व्यवस्थापनले त्यसमा ६१ करोड मात्र सकार गर्ने बताएको छ।

क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरले बनाएका सिआरजे–२०० जहाजबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगगञ्ज र धनगढीमा नियमित उडान गरिरहेको सौर्यले पछिल्लो समय एउटा मात्र जहाजबाट उडान गरिरहेको थियो। एयरलाइन्सले दैनिक सात उडान गर्न पाउने गरी अनुमति पाएको छ।

प्रतिक्रिया

सम्बन्धित