केटीसँगको लफडालाई लिएर कल्याणमाथि गोली प्रहार

काठमाडौँ। केटीको बिषयलाई लिएर वादविबाद हुँदा काठमाडौँको लैनचौरस्थित म्हपीमा आइतबार बिहानै गोली चलेको छ।  एक राउण्ड गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । रानीबारी बस्ने करिव २९ बर्षिय कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।  खुट्टामा गोली लागेका गुरुङको उपचारको लागि टिचिङ अस्पताल लगिएको छ ।

 कारमा आएका अाश्विन गुरुङ नामका व्यक्तिले स्कुटरमा सवार गुरुङलाई गोली हानेको प्रहरी स्रोतले जनाएको छ । काँग्रेस नेता टेकवहादुर गुरुङका आफन्त पर्ने अाश्विन गोली चलाए लगत्तै फरार भएका छन् ।

  प्रहरी अनुसन्धान स्रोतका अनुसार केटीको बिषयलाई लिएर उनीहरुवीच बादबिबाद हुँदै आएको थियो । केही दिनअघि मात्र नयाँ बानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको थियो।

प्रतिक्रिया

सम्बन्धित