यी हुन् गाम्काको नाममा ठगी गर्ने स्वास्थ्य संस्था, महेन्द्र शेरचन पनि मुछिए

mahens

 काठमाडौं । फागुन ०७४ देखि त्यसअघि नभएको मेडिकल जाँच गर्नुपूर्व अनलाइन गर्नुपर्ने नयाँ व्यवस्था लागू गरियो । त्यसबापत १० अमेरिकी डलर ठगी गर्ने गरिएको छ ।

त्यसयता असारसम्म मात्रै साउदी, ओमन र बहराइन गएका ५१ हजार ५ सय ७१ जना नेपाली श्रमिकबाट ५ करोड ७० लाख ठगी भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गाम्काआबद्ध मेडिकल सेन्टरले कामदारसँग तोकिएभन्दा ३ हजार ६ सय ६० रुपैयाँ बढी शुल्क असुल्दै आएका छन् । सरकारले महिला कामदारको स्वास्थ्य परीक्षणका लागि ३ हजार १ सय रुपैयाँ र पुरुष कामदारका लागि २ हजार ९ सय ४० रुपैयाँ निर्धारण गरेको छ ।

साउदी, बहराइन र ओमन जाने कामदारले ११ सय रुपैयाँ (१० अमेरिकी डलर) तथा मेडिकल शुल्कबापत ५५ सय रुपैयाँ गरी ६ हजार ६ सय रुपैयाँ बुझाउँदै आएका छन् ।

अल खालिज मेडिकल सेन्टर, चाबहिल– महेन्द्र ढंगाना

अलमसुर डायग्नोसिस सेन्टर, नयाँ बानेश्वर – डा.सानुकृष्ण श्रेष्ठ, डा.भागरथी कायस्थ र डा.जहाङगिर आलम

अक्वा डायग्नोसिस सेन्टर, बत्तीसपुतली – डा अर्जुनसिंह चन्द, डा. मनोरदिन साइयद, डा जुबिर अहमद

हेल्थ केयर क्लिनिक, त्रिपुरेश्वर – डा. एस. राना

कान्तिपुर डायग्नोसिस सेन्टर, कान्तिपथ– डा आरडी जोशी

लाइफ केयर प्रिन्स डायग्नोसिस सेन्टर, त्रिपुरेश्वर – डा. आर. रौनियार

लाइफ ट्रस्ट मेडी डायग्नोसिस प्रालि, धुम्बाराही – डा.विजयराज झा, डा. शर्मिला पराजुली

मेडिएसिया डायग्नोसिस सेन्टर, बाँसबारी – डा. अरविन्दप्रसाद साह, डा आभूषणसिद्धि तुलाधर, डा. रमिला श्रेष्ठ

राजाम मेडिकल सेन्टर, चाबहिल – डा. राजेशकुमार, डा. मुक्तचन्द

साइबा मेडिकल सेन्टर, पुलचोक, ललितपुर–अब्दुल सुनार

साउदी नेपाल मेडिकल सेन्टर – महेन्द्र शेरचन

सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस, डिल्लीबजार – डा.इश्वरलाल श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित