विप्लवको नेपाल बन्द : भक्तपुरमा दुई वटा प्रेसर कुकर बम

presarkukar

 भक्तपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउको विरोधमा  नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राखेको प्रेसर ककुर बम सूर्यविनायक र लोकन्थलीमा फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ । 

 सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।  दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

 विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बन्दको आह्वान गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित