तीन वर्षमा ४ हजार किलो सुन तस्करी : गृहमन्त्री

ram bahadur thapa_1

   काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिब ४ हजार किलो सुन तस्करी भएको बताएका छन्। मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सुन तस्करीमा संलग्न समूहलाई पनि कार्वाहीको दायरामा ल्याइएको पनि गृहमन्त्रीले दावी गरे।

गृहमन्त्री थापाले नेपालमा सुन तस्करी हुने मुख्य ठाउँ भने दुबई रहेको पनि छानबिनबाट पत्ता लगाइएको बताउँदै गृहमन्त्री थापाले सुन तस्करीका ठूला माछाहरु पक्राउ परिसकेको दाबी गरेका छन् । केही लगानीकर्ता पत्ता लागेको तर, उनीहरु मध्ये केही फरार रहेको उनले बताए ।

३३ किलो सुन तस्करीका लागि गठित छानबिन समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानबिनको दायरामा ल्याएको गृहमन्त्री थापाको दावी छ। गृहमन्त्री थापाले सुन तस्करीको संजाल ध्वस्त पार्न सरकार सफल भएको बताए।

गृहमन्त्री थापाले सडकलगायतका पूर्वाधार निर्माणको काममा ढिलाई गर्ने ठेकेदारहरुलाई कार्वाही गर्ने कामलाई पनि सरकारले निरन्तरता दिइरहेको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित