फिफा बरियतामा रुसको सर्वाधिक सुधार, २१ स्थान माथि उक्लियो

fifa

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरियताक्रम सार्वजनिक गरेको छ । अगष्ट महिनाको नयाँ वरियतामा नेपाल भने यथावत स्थानमा रहेको छ। फिफाले बिहिबार निकालेको नयाँ वरीयता अनुसार नेपाल १ सय ६१ औं स्थानमा छ। नेपाल गत महिनाको वरियतामा पनि १ सय ६१ औं स्थानमा थियो ।

फिफाले निकालेको नयाँ वरीयतामा नेपाल दक्षिण एसियाली राष्ट्रमा भने चौथो स्थानमा छ। नेपालभन्दा अघि भारत, अफगानिस्तान र माल्दिभ्स छन्। एक स्थान माथि उक्लिएको भारत ९६ औं स्थानमा पुगेको छ। यस्तै अफगानिस्तान १४५ र माल्दिभ्स १५० औं स्थानमा यथावत छन्।

नेपालभन्दा तल भुटान १८३, बंगलादेश १९४, श्रीलंका २००र पाकिस्तान २०१ औं स्थानमा छन्।

एसियाली मुलुकमध्ये ५ स्थान माथि उक्लदै इरान ३२औं स्थानमा रहँदै अगाडि छ। सात स्थान तल झरेको अष्ट्रेलिया दोस्रो तथा ६ स्थान माथि उक्लिएको जापान ५५ (तेस्रो) स्थानमा छन्।

नयाँ वरीयताको शीर्ष स्थानमा फ्रान्स पुगेको छ। विश्व बिजेता फ्रान्स ६ स्थान माथि उक्लदै शीर्ष स्थानमा पुगेको हो। एक स्थान माथि उक्लिएको बेल्जियम दोस्रो स्थानमा तथा १ स्थान तल झर्दै ब्राजिल तेस्रो स्थानमा पुगेको हो। सबैभन्दा धेरै १६ औं स्थान माथि उक्लदै क्रोएसिया चौथो स्थानमा पुगेको छ भने ९ स्थान माथि उक्लिएको उरूग्वे पाँचौ स्थानमा छ।

यस्तै रूस सर्वाधिक बढी वरीयता सुधार गर्ने राष्ट्र बनेको छ। घरेलु भूमिमा सम्पन्न विश्वकपमा तहल्का मच्याएको रूसले २१ स्थान माथि उक्लदै ४९ औं स्थानमा पुगेको हो। रूस विश्वकपपछि ६ स्थान माथि उक्लिएको इंग्ल्यान्ड छैटौं स्थानमा उक्लिँदा तीन स्थान तल झर्दै पोर्चुगल सातौं स्थानमा झरेको छ।

यस्तै स्विजरल्याण्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा छ। ६ स्थान तल झरेको अर्जेन्टिना ११ औं स्थानमा पुगेको छ। १५औं स्थानमा पुगेको जर्मनी १४ स्थान खस्किएको छ।

प्रतिक्रिया

सम्बन्धित