माछापुच्छ्रेको ब्रान्ड एम्बेसडरमा तीन खेलाडीहरू मीरा, प्रतिमा र आर्यन

machha

   काठमाडौं । माछापुच्छ्रे बैंकले तीन जना खेलाडीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । बैंकले खेलाडीहरु मीरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई बैंकको ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको हो । मीरा राई नेपाली म्याराथनको चर्चित नाम हो । विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मिरा राईले देश र विदेशमा थुप्रै उपाधि हात पारिसकेकी छन् । मिरा राईले सन् २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो स्थान हासिल गर्न सफल भएकी थिइन भने नेसनल ज्योग्राफिकले २०१७ मा सार्वजनिक गरेको ‘एड्भेन्चर अफ द इयर‘’को उपाधि समेत जित्न सफल भएकी थिइन् ।

त्यसैगरी प्रतिमा शेर्पा नेपालको नम्बर १ महिला गल्फर हुनुहुन्छ । रोयल नेपाल गल्फ क्लबमा हुर्किएकी शेर्पाले १५ वर्षकै उमेरदेखि खेलको प्रशिक्षण थालेकी थिइन् । उनको चर्चा स्वदेशी मात्र नभएर विदेशी मिडियामा पनि भएपछि उनले पूर्व विश्व नं. १ गल्फर टाइगर उड्सलाई समेत भेट्ने अवसर प्राप्त गरेकी थिइन

आर्यन गिरी अर्का १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन्। ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गरेका गिरी नेपाल अन्डर १४ को नम्बर १ र एसिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल भइसकेका छन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मीरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीहरुलाई बैंकसँग आबद्घ गर्न पाउन गौरवको विषय रहेको बताए ।

बैंकका पूर्वअध्यक्ष तथा पूर्वसांसद डा. वीरेन्द्रप्रसाद महतोले समेत बैंकले नियुक्त गरेका ब्रान्ड एम्बेसडरहरुले बैंकलाई अझै उचाईमा पु¥याउने कुरामा आफु विश्वस्त रहेको बताए ।

८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरलगायत २५ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा ११३ स्थानबाट बैंकिङ सुबिधा प्रदान गरिरहेको बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित