केरुङ–काठमाडौं रेलमार्गमा ९९ प्रतिशत सुरुङ र पुल, नेपाली भूभागमा मात्रै २ खर्ब ५७ अर्ब लाग्ने

kerung-kathmandu rel

  काठमाडौं । केरुङ–काठमाडौं रेलमार्ग बनाउन नेपाली भूभागमा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक सम्भाव्यता अध्ययनले देखाएको छ । जसकार कारण सरकारले एक किलोमिटरमा ३ अर्ब ५५ करोड खर्च गर्नुपर्ने हुन्छ । रसुवागढीबाट काठमाडौंसम्म ७२.२५ किलोमिटरको यो रेलमार्ग बनाउँन जटिल भएपनि सम्भव देखिएको चीनले गरेको प्रारम्भिक सम्भाव्यता अध्ययनले देखाएको छ ।

चीनले तयार गरेको प्रारम्भिक सम्भाव्यता रिपोर्टमा यो रेलमार्ग पुरा हुन ९ वर्ष समय लाग्ने उल्लेख छ । रेल यसअनुसार एक किलोमिटरमा सरकारले ३ अर्ब ५५ करोड खर्चिनुपर्ने अवस्था देखिएको उपाध्यायले बताए ।


रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाशभक्त उपाध्यायका अनुसार यो रेलमार्गको ९८.५ प्रतिशत भूभाग पुल तथा सुरुङमार्गभित्रै हुने छ । बाँकी १.५ प्रतिशत भाग मात्रै जमिनमाथि देखिने भएको छ ।

भौगोलिक कठिनाइ रहेकाले रिपोर्टले प्राविधिक रुपमा अधिकांश क्षेत्रमा पुल र टनेल निर्माण गर्न सिफारिस गरेको छ । चीनले सहुलियत ऋणमा रेलमार्ग बनाउने इच्छा देखाएको छ । नेपालले भने अनुदानमै आयोजना बनाइदिन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित