ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरि लक्ष्मीपूजा मनाइयो

काठमाडौं : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज हिन्दू धमार्वलम्बीहरूले विहीबार विहान गाईको पूजा गरे भने साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्षमीको पूजा गदैर्छन् । लक्ष्मीको पूजा आराधना लागि प्राय सबै घरहरुमा रंगोली बनाई घर सिंगारिंदै छ । विशेष गरेर लक्ष्मीको पूजाका लागि घर भित्र पनि आफूसँग भएका धन सम्पत्ति एकै स्थानमा राखेर पूजा गर्ने प्रचलन छ । आज विहान गाईको पूजा गरिन्छ भने साँझ लक्ष्मीको पूरा गर्ने गरिन्छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफासुग्घर र लि

[caption id="attachment_29971" align="alignleft" width="632"] लक्ष्मी पूजाको तयारीका लागि रंगोली बनाउँदै[/caption]

पपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सड्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली समेत गर्ने गरिन्छ । आजको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

[caption id="attachment_29972" align="alignleft" width="5184"] लक्ष्मीको पूजा गर्न तयार बनाइएकोे स्थान[/caption]

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रही आएको छ । तिहारलाई बत्तीको चाड मानिन्छ । तिहारका बेला प्रायः हरेक घर झिलिमली बत्तीले सजिएका हुन्छन् । पुरानो चलन भने तिहारमा पातको दियो, माटाको दियो लगायतमा बत्ती बाली घर झिलिमिली पार्ने थियो । त्यसपछि मैन बत्तीको प्रयोग व्यापक रूपमा हुन थाल्यो । यस्ता बत्तीहरू प्रयोग गरी झिलिमिली पार्दा आगलागी हूने सम्भावनासमेत भएकाले हाल आएर विद्युतीय झलरको प्रयोग बढ्दै गएको छ ।

[caption id="attachment_29973" align="alignleft" width="640"] लक्ष्मी पूजाको तयारी गरिंदै[/caption]

आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित