बिमस्टेक सम्मेलनको मुखमा भारतीय सेनाका कर्णेल गोलीसहित पक्राउ

golin

 काठमाडौं । बिमस्टेक सम्मेलनलाई लिएर प्रहरीले राजधानीको सुरक्षा कडा बनाएको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्ति गोलीसहित पक्राउ परेका छन् ।

 २२ एमएमको २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल बलबहादुर पुन पक्राउ परेका हुन ।  प्रहरी टोलीले आइतबार दिउँसो बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा पुनलाई पक्राउ गरेको बिमानस्थल सुरक्षा स्रोतले जनाएको छ । प्रहरीले उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान जारी राखेको  छ ।

 पुन भारतीय सेना आसाम राइफलमा कार्यरत कर्णेल भएको खुलेको छ । भदौ १३ र १४ गते राजधानीमा बिमस्टेक  सम्मेलन हुँदै छ । 

प्रतिक्रिया

सम्बन्धित