नयाँ ऐन : विवाहित पुरुषसँगको सम्पर्कबाट बच्चा जन्मियो भने त्यसलाई विवाह मान्ने कि नमान्ने ?

bibaahit

 काठमाडौं । मुलुकी अपराध (संहिता) ऐन र मुलुकी देवानी (संहिता) ऐन २०७४ लागू भएपछि त्यसमा कतिपय त्रुटी  रहेको भन्दै  बिरोध भएको छ  ।

 विवाह नगरी यौनसम्पर्कबाट बच्चा जन्मिए यसलाई स्वतः विवाह मान्ने प्रावधान ऐनमा छ । यसले महिलामाथि हुने विभेदलाई कानुनी रूपमा संस्थागत गर्न खोजेको अधिवक्ता मिरा ढुंगानाले बताइन् । यदि विवाहित पुरुषले अर्को विवाह गरेमा दोस्रो विवाह स्वतः बदर हुने प्रावधान ऐनमा छ । यी दुई प्रावधानबीच नै विरोधाभास रहेको उनको भनाइ छ ।

‘यदि पुरुष विवाहित हो र उससँगको सम्पर्कबाट बच्चा जन्मियो भने त्यस्तो अवस्थामा विवाह मान्ने कि नमान्ने ?’ ढुंगानाले भनिन्, ‘एउटा प्रावधानले विवाह हो भन्छ र अर्कोले बदर गर्छ ।’ सहमतिमा यौनसम्पर्क भएर बच्चा जन्मिने अवस्था भए पनि उक्त पुरुषसँग महिलाले विवाह गर्न नचाहेमा के गर्ने भन्ने प्रश्नको जवाफ ऐनमा छैन । यसले महिलामाथि पुरुषको नियन्त्रण बढाउने बाटो खोलेको उनको भनाइ छ ।  नयाँ ऐनमा विवाहित पुरुषलाई बहुविवाह गर्न प्रतिबन्ध लगाइएको छ । विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागीदार हुने व्यवस्था गरिएको छ । विवाहित पुरुषसँग जानीजानी महिलाले पनि विवाह गर्न नपाइने व्यवस्था गरिएको छ ।

 विवाहित पुरुषको पत्नीले कानुन बमोजिम अंशवण्डा गरेर भिन्न भएको अवस्थामा मात्र अर्को विवाह गर्न पाइने ऐनमा व्यवस्था गरिएको छ ।यदि विवाह गरेमा त्यस्तो विवाह स्वतः बदर हुनेछ अर्थात त्यसले कानुनी मान्यता पाउन सक्ने छैन र बहुविवाह गर्ने पुरुष कारबाहीको भागीदार बन्नेछ । बहुविवाह गर्ने पुरुष र विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित