सुन तस्कर दाजु भाईको जिल्लामा राज

poudel dajubhai

   सिन्धुपाल्चोक । नेकपाको सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्यमा सुन तस्करीदेखि नेताका स्वकीय सचिवसम्म परेको गुनासो प्राप्त भएको छ । विगतदेखि नै अबैध धन्दामा संलग्नहरूलाई पूर्व माओवादी नेतृत्वले सदस्य बनाएको आरोप छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७४ भदौ १५ मा केरुङ र तातोपानी नाकाबाट भित्रिएको २२ किलोमध्ये १५ किलो सुनसहित ७ जना पक्राउ गरेको थियो ।

ती सात जना अभियुक्तले सुन तस्करीमा राजकुमार पौडेल रहेको बयान दिएलगत्तै उनी बिदामा बसेर सम्पर्कविहीन भएका थिए । उनी भारत पलायन भएको चर्चा थियो । तिनै पौडेललाई नेकपाको जिल्ला सदस्य बनाइएको छ । पौडेल गएको बर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीको तर्फबाट भोटेकोशी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

पूर्व माओवादीका विवादित नेता माधव सापकोटा र सरल सहयात्री पौडेलका ब्यवसायिक साझेदार राजकुमार पौडेल युद्धकालमा पनि माओवादीले लुटेको रकम सञ्चालन गर्ने ब्यक्ति भन्ने आरोप लाग्दै आएको छ । त्यसकारण पनि भोटेकोशी गाउँपालिकाको अध्यक्षका उम्मेदवार वनाएका सापकोटा र सरलले उनै राजकुमारलाई संरक्षण गर्दै आएको स्रोतको दावी छ । प्रहरीको सीआईबीले अनुसन्धान गर्दा माओवादी नेताको पनि नाम मुछिएको पाइएपछि उक्त घटनामा राजकुमार पौडेललाई जोगाएर उनका सहयोगीलाई मात्र पक्राउ गरिएको प्रहरी स्रोत बताउछ ।

राजकुमार पौडेलकै गाडीमा पक्राउ परेका शेर्पा थरका ती ब्यक्ति अहिले पनि कारागारमा नै छन् । तर, माओवादीका नेता भएका कारण जनार्दन शर्मा गृहमन्त्री भएका बेला माधव सापकोटा र सरल सहयात्रीको सोर्सफोर्समा राजकुमार पौडेल पक्राउ पर्नबाट बचेका थिए । त्यसो त भूमिगतकालदेखि नै माओवादीको संरक्षणमा ब्यापार ब्यवसाय गर्दै आएका राजकुमार पौडेलसंग अहिले पनि देखावटी ब्यवसायको रुपमा क्रसर उद्योग छ ।

इन्द्रावती नदीमा अवैध क्रसर उद्योग सञ्चालनमा हाल नेकपाका केन्द्रीय सदस्य बनेका माधव सापकोटाको प्रत्यक्ष संरक्षण रहेको बताइन्छ । नेकपाको केन्द्रीय सदस्यको रवाफ देखाउँदै यस क्षेत्रका क्रसर उद्योगमा अबैध रुपमा वालुवा गिटी उठाउँदा पनि प्रशासन चुप लागेर वसेको स्रोतको दावी छ । गृहमन्त्री रामबहादुर थापाको नाम भजाएर यो समूहले अत्याधिक नदी दोहन गरिरहेको स्थानीयको गुनासो छ । तर पनि कुनै कारबाही भएको छैन ।

पूर्व माओवादीमा यसरी नवप्रवेशी र बद्नामहरू हावी भएपछि युद्ध लडेकाहरू निराश बनेको गुनासो छ । पूर्वमाओवादीमा बद्नामहरू हावी भएपछि अरु कार्यकर्ताहरूमा भने निराशा छाएको छ । तथापि नेकपाको योजना सफल पार्न भने एकतावद्ध हुन भने उनीहरू लागिरहेका छन् ।

केरुङ र तातोपानी नाकाबाट भित्रिएको २२ किलो सुन काठमाडौंमा रहेको सूचनाका आधारमा २०७४ भदौ १५ मा ब्युरोको टोली खोजीमा खटिएको थियो । टोलीले सोही दिन टोखा नगरपालिका–११ बाट १४ किलो सुनसहित पेम्बा दोर्जे शेर्पालाई पक्राउ ग¥यो । उनले २ किलो सुन जनकपुर पु¥याएको बयान दिएपछि धनुषा प्रहरीको सहयोगमा एक किलो सुनसहित दीपककुमार साह पक्राउ परे । साहको पक्राउपछि एक किलो सुन भारत पुगेको खुल्यो । र्बाकी ६ किलो सुन कहाँ छ भन्ने एक बर्ष बित्न लाग्दा पनि खुलेको छैन ।

पौडेल परिवार नै बदनाम
पौडेल परिवारमा चार दाजुभाइ छन् । ती सबै तस्करीमा जोडिंदै आएका छन् । राजकुमार कान्छा हुन् । उनका दाजु बच्चु हुन्डी कारोबारमा जोडिने गरेको आरोप पनि खेप्दै आएका छन् ।

२०६९ भदौ ३० मा रक्त चन्दन तस्करीमा पक्राउ परेका ध्रुव पौडेल उनका अर्का दाजु हुन् । फुल्पिङकट्टीको स्यालाङकट्टी हुँदै ५० भन्दा बढी भरियालाई बोकाएर ६ टन रक्तचन्दन तातोपानी नाका पार गराउने क्रममा प्रहरी र तस्करबीच जम्काभेट हुँदा गोली चलेको थियो । प्रहरीको गोली लागेर विवेक श्रेष्ठको मृत्यु भएको थियो भने सहयोगी प्रताप तामाङ र बिर्खबहादुर श्रेष्ठ पक्राउ परेका थिए । उनीहरूको बयानका आधारमा ध्रुव सोही वर्ष कात्तिकमा पक्राउ परे । धु्रव फुल्पिङकट्टी गाविसका पूर्वगाविस अध्यक्षसमेत हुन् ।

जिल्लामा एमालेका चल्तापूर्जा उनी पक्राउ परेको १५ दिनमै ३० हजार धरौटी बुझाएर रिहा भएका थिए । उनका अर्का दाजु नारायण डलर तस्करीमा पक्राउ परेर डेढ वर्ष जेल परेको पूर्व माओवादी स्रोत बताउँछ । – साँघु साप्ताहिक

 

प्रतिक्रिया

सम्बन्धित