अब मुलुकभर नै सिलिण्डरको विदाई अभियान सञ्चालन हुन्छ : प्रधानमन्त्री

pm gas

  विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष अघि भारतले अघोषित नाकाबन्दी लगाउँदा बोलेको वाक्यलाई आज पूरा गरेका छन् । २०७२ सलामा भारतको अघोषित नाकाबन्दीका कारण समस्यामा परेका नेपाली जनतालाई सान्तवना दिंदै प्रधानमन्त्री ओलीले घर–घरमा ग्यासको पाईप पु¥याउने भन्दै भाषण गर्दा प्रायः सबैले उनलाई उडाएका थिए । तर, आज भने उनले बोलेको पूरा गरेर देखाएका छन् ।

आज उनले विराटनगरमा पाइपबाट घर–घरमा पु¥याइएको ग्यासको उद्घाटन गरेका हुन्। प्रधानमन्त्री ओलीले मोरङको विराटनगर महानगरपालिका १४ जतुवामा पाइपलाइनबाट भान्छामै पुगेको ग्यासको उद्घाटन गरेका हुन्।

विश्व बैंक, बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, विराटनगर महानगरपालिकाको सहयोगमा र श्रीकृष्ण गौ सेवा सदनले निर्माण गरेर वितरण थालेको बायो ग्यासको उद्घाटन गर्दै ओलीले सिलिण्डरका डल्ला विदाइको सुरुवात विराटनगरबाट भएको बताए। सिलिण्डरको विदाई गर्ने अभियान देशैभर सञ्चालन गर्ने घोषणा पनि उनले गरे।

देशका अन्य ठाउँमा पनि वैकल्पिक ऊर्जाका काम अघि बढिरहेको बताउँदै ओलीले इच्छाशक्ति र स्पष्ट दृष्टिकोण भए चाँडै काम गर्न सकिने बताए।
डेढ करोड रुपैयाँ लागतमा निर्माण गरिएको बायो ग्यास पहिलो चरणमा ४ सय मिटर पाइप ओछ्याएर ३२ घरलाई वितरण गरिएको छ। दोस्रो चरणमा ८० परिवारलाई वितरण गरिने श्रीकृष्ण गौसेवा सदनका अध्यक्ष शिवशंकर अग्रवालले बताए।

नेपालमा गोबर ग्यास बलेको झन्डै ३० वर्ष कटिसकेको छ। आधिकारिक रुपमा सन् १९९७ बाट सुरू भएको मानिन्छ।

कृषि विकास बैंकको अनुदानमा नेपालका ग्रामीण भेगमा गोबर ग्यास निर्माण थालिएको हो। गाउँघरमा अझै पनि गोबर ग्यासबाट भात पकाउने चलन छ। तर, न्यून मात्रामा।

फितलो सरकारी नीति तथा जनशक्तिको अभावका कारण ‘गोबर ग्यास प्लान्ट’ हराउँदै गएको हो। ग्रामीण क्षेत्रमा पनि ग्यासका सिलिन्डर पुग्न थालेका छन्।

वैकल्पिक ऊर्जा उपयोगको कमी हुन थालेसँगै जनता परनिर्भर हुन थालेका छन्। २०७२ सालमा भारतले अघोषित नाकाबन्दी लगाएपछि खाना पकाउने ग्यास हाहाकार भयो र जनता वैकल्पिक ऊर्जातर्फ आकर्षित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित