कांग्रेसले यसरी तोक्यो शीर्ष नेताहरूको निर्वाचन क्षेत्र

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूको निर्वाचन तोकिदिएको छ ।एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनेका बेला नेपाली कांग्रेसले शीर्ष नेताहरूको निर्वाचन क्षेत्र तोकिदिएको हो ।

 यी नेताहरूले वाम गठबन्धनलाई चुनौती दिने छन् । उनीहरूले वामपन्थीहरूलाई हराएर आफूले जसरी पनि जितेर आउने कसम लिएका छन् । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरबाट प्रतिस्पर्धा गर्ने छन् ।

 महामन्त्री डा.शशांक कोइराला, नवलपरासी १, वरिष्ठ नेता रामचन्द्र पौडेल– तनहुँ १, गोपालमान श्रेष्ठ – स्याङ्जा २, प्रकाशमान सिंह – काठमाडौं १, दीपक कुइँकेल – काठमाडौं २, अम्बिका बस्नेत – काठमाडौं ३, गगन थापा – काठमाडौं ४ बाट प्रतिस्पर्धा गर्ने कांग्रेसले जनाएको छ ।

  डा.प्रकाशशरण महत – काठमाडौं ५, नवीन्द्रराज जोशी – काठमाडौं ८, ध्यानगोविन्द रञ्जित – काठमाडौं ९, राजेन्द्र जोशी – काठमाडौं १०, विजयकुमार गच्छदार – सुनसरी ३, ज्ञानेन्द्रबहादुर कार्की – सुनसरी ४, मीनबहादुर विश्वकर्मा – सुनसरी १, मीनेन्द्र रिजाल – मोरङ २, महेश आचार्य – मोरङ, डा.शेखर कोइराला – मोरङ ६, विश्वप्रकाश शर्मा – झापा १, आनन्दप्रसाद ढुंगाना – धनुुषा १, विमलेन्द्र निधि – धनुषा ३ बाट उम्मेदवार बन्ने भएका छन् । त्यसैगरी डा.रामशरण महत – नुवाकोट १, अर्जुन नरसिंह के.सी. – नुवाकोट २, पूर्णबहादुर खड्का – सुर्खेत १, रमेश लेखक – कञ्चनपुर ३ बाट प्रत्यक्षमा भिड्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित