प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस
काठमाडौं । संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत सिफारिस गरेको छ।
यसअघि प्रधानन्यायाधीशका लागि सिफारिस भएका दिपकराज जोशीको नाम संसदिय सुनुवाइ समितिले अस्वीकार गरेपछि नयाँ सिफारिसका लागि बैठक बसेको हो।
मिश्र २०७१ जेठ १३ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका हुन्। मिश्र विशेष अदालत हुँदै सर्वोच्च पुगेका हुन्।जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेसँगै उनी बिदामा बस्दै आएका थिए। त्यसपछि मिश्रले नै कायममुकायम रुपमा काम गर्दै आएका थिए।
प्रतिक्रिया