गौचन हत्या प्रकरणमा ठेकेदार गौतम अनुसन्धानको घेरामा, प्रहरी र ठेकेदारको सुचना डन बस्नेतलाई चुहाएको रहस्य

काठमाडौं। निर्माण व्यवसायी महासंघका अध्यक्ष  शरद गौचन हत्या प्रकरणमा आधा दर्जन प्रहरीको भिन्ना भिन्नै टोली अनुसन्धानमा जुटेपनि घटनाका बारेमा अहिलेसम्म प्रहरीले कुनै ठोस उपलब्धि हासिल गर्न सकेको छैन ।  आधा दर्जन प्रहरी युनिट सक्रिय भएपनि घटनाको सत्य तथ्य पत्ता लगाउन कुनै प्रहरी युनिटले सकेको छैन ।

 गौचनलाई कुख्यात गुण्डा नाईके समीरमान बस्नेत र मनोज पुनको योजना मुताबिक हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ । एक महिना अगाडी  दश अर्बको  हुलाकी राजमार्गको टेण्डर चिनिया कम्पनीलाई दिलाउन गौचन सफल भएका थिए । जसमा गौचनको समूहले महासंघको नाममा ठेक्का दिलाईदिए बापत ५० करोड कमिशन लिएको स्रोत वताउँछ ।

  उक्त पैसा ठेक्का दिलाउने निकाय देखि महासंघका पदाधिकारीमा समेत भागबण्डा गरिएको थियो । महासंघ स्रोतका अनुसार भागबण्डामा नपरेका  ठेकदार सन्तोष गौतमले गुण्डा नाईके बस्नेतको प्रयोग गरेर बिगत एक महिना देखि गौचनलाई तीन करोडको अफर गरेका थिए । तर, गौचनले यी सब कुरा हल्का रूपमा लिदै वास्ता नगरेपछि बस्नेतको आदेशमा गौचनमाथि गोली प्रहार गरिएको एक ठेकदारले बताए । गौचनको हत्या पश्चात बस्नेतले आफू निकट लोप्साङ राई भन्ने लोप्साङ शेर्पालाई घटनाको जिम्मा लिन लगाएको हुन् ।

को हुन सन्तोष गौतम ?

 प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैटेका पार्टनरका रुपमा चिनिने हेटौंडाका सन्तोष गौतमले गुण्डाका नाईकेलाई सहयोग र दुरुपयोग गर्दै आएको महासंघ स्रोत वताउँछ । गौतमले घैटेका मित समिरमान बस्नेतलाई सहयोग गरी दुरुपयोग गर्ने गरेको आशंका गरिएको छ । बाफल, स्वयम्भू र कलंकी क्षेत्रलाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका बस्नेत घैंटे इन्काउन्टर पश्चात् फरार छन् । फरार बस्नेत भारतको नयाँ दिल्लीमै बसेर नेपाली व्यवसायीबाट रकम असुली धन्दामा सक्रिय छन् । रुपेन्देही युवासंघ अध्यक्ष दुर्गा तिवारीको हत्यामा जोडिएका बस्नेतलाई गौतमले प्रहरीसँग निकट भई बस्नेतविरुद्ध प्रहरीले गरेको अप्रेशनको सूचनासम्म चुहाउने गरेको स्रोतको दाबी छ ।

  सूचना पत्ता लगाउन गौतम  केही समय अगाडि अपराध महाशाखाका तत्कालिन एसएसपी दिनेश अमात्य र काठमाडौं परिसरका तत्कालिन प्रमुख छविलाल जोशीसँग  निकट हुन पुगेका थिए । गौतमको त्यतिबेला अमात्य र जोशीसँगको उठबसलाई कतिपय प्रहरीहरुले रहस्यमय मानेका थिए । स्रोतका अनुसार अमात्यलाई प्रयोग गरि गौतमले घैटेको फसेको केही पैसा समेत उठाउन सफल भएका थिए । प्रहरी स्रोत भन्छ - गौतम उनै व्यक्ति हुन, जस्को घैटेको लगानी रहेको गजुरमुखी कम्पनीमा शेयर छ भने उनले निर्माणका टेन्डरको रकम गौचनसँग लिएर गुण्डा र प्रहरीलाई छुट्त्याउन लगाइ भागवन्डा गर्दै आएका थिए । गौतमको गोली काण्डमा संलग्नता छ वा छैन भन्ने बारेमा प्रहरी टोलीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको स्रोत वताउँछ  ।

 स्रोतका अनुसार गौतमको अपराध महाशाखा र सिअाईबीका केही भ्रस्ट प्रहरीसँग राम्रो सम्वन्ध रहेका कारण उनी अनुसन्धानको दायरामा सजिलैसँग तानिन सकेका छैनन । घैंटे इन्काउन्टर पश्चात गुमनाम रहेका गौतम  प्रहरीसँग हिमचिम बढाउन पुगेकाथिए । घैंटेको करोडौं रकम उनीसँग भएको भन्दै  अपराध महाशाखाका तत्कालिन प्रमुख सर्वेन्द्र खनालले उनीमाथि निगरानी राखेका थिए ।  घैंटेको श्रीमती पिङ्की शेर्पाले समेत गौतमसँग करोडौं रुपैयाँ भएको दाबी गर्दै आएकी छिन् ।

 तर, गौतमले भने चिनजान भएको तर कुनै व्यवसायीक साझेदारी नभएको दाबी गर्ने गरेका छन् । गजुरमुखी निमार्ण सेवाको शेयर होल्डर समेत रहेका गौतमले कुनै ताका टेण्डर कब्जा गर्नकै लागि घैंटेलाई आफ्नो कम्पनीमा भित्र्याएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित