कांग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म

nepali congress

 काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक मंसिर पहिलो साता हुने भएको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठकको मिति तय गरेको हो । मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक हुने नेता प्रदिप पौडेलले बताए ।

यसअघि भदौ मसान्तमै गर्ने निर्णय भएको थियो । तर, भर्खर मात्र विधान संशोधन मस्यौदा समिति बनाएकाले महासमिति बैठक छठ पछाडि पुगेको छ ।
यस्तै विधान मस्यौदा समितिमा समेत दुई जना जिल्ला सभापतिलाई स्थायी आमन्त्रीत सदस्य राख्ने बैठकले निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विहिबार मात्रै ११ सदस्सयीय विधान समिति बनाएर संयोजकमा महामन्त्री पूर्णबहादुर खड्कालाई संयोजक बनाएका थिए । तर सो समिति सहमती भएभन्दा बढी संख्या राखेर बनाइएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असहमती राखेका थिए।

जसका कारण हिजो शुक्रबारका लागि डाकिएको केन्द्रिय समिति बैठक विवाद भए पछि बस्दै नबसि शनिवारसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित