सन्नीलाई सहिद घोषणा गर्न माग

kishwor

 कञ्चनपुर । कञ्चनपुरमा आज बसेको सर्वदलीय बैठले सन्नी खुनालाई सहिद घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको विरोधमा भएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा शुक्रबार खुनाको निधन भएको थियो ।

शनिबार बसेको सर्वदलीय बैठकले मृतकलाई सहिद घोषणा गर्न र पीडित परिजवारलाई उचित राहत उपलब्धि गराउन स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेको छ । साथै आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्न र शारीरिक रुपमा अशक्त भएमा जीवन निर्वाहका लागि सचित व्यवस्था गर्न माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित