महेन्द्रनगरमा कर्फ्यू हट्यो, ५ दिनदेखि अस्तब्यस्त बनेको बजार क्षेत्रमा चहल पहल सुरु

kanchanpura police

 कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले असली अपराधिलाई बचाउन खोजेको भन्दै सत्य तथ्य अनुसन्धानको माग गर्दै चर्केको आन्दोलनमा एक जनाको मृत्यु भएको थियो । सो पश्चात् स्थानीय प्रशासनले महेन्द्रनगर बजार क्षेत्रमा कर्फ्यू लगाउँदै आएको थियो । तर, आज बिहान ५ बजेबाट कर्फ्यू हटाइएसँगै ५ दिनदेखि अस्तब्यस्त बनेको बजार क्षेत्रमा चहल पहल सुरु भएको छ ।

शुक्रबार बेलुकी देखि स्थानीय प्रशासनले भीमदत्त नगरपालिका वडा नम्बर ४ र १८ को बजार क्षेत्रमा कर्फ्यू लगाउन सुरु गरेको थियो । आइतबार र सोमबार दिउँसो केही समय मात्रै कर्फ्यू खोलिएको थियो । स्थिति सामान्य बन्दै गए पछि सोमबार बेलुकी ६ बजेदेखि लगाएको कर्फ्यूम‌ंगलबार बिहानबाट हटाएको हो।

प्रतिक्रिया

सम्बन्धित