भारतले काेशी फर्काउँदा नेपालतर्फ ३ सय भन्दा बढि घर डुबानमा

koshi badi

 काठमाडौं । सोमबार साँझदेखि परेको अविरल वर्षाका कारण सप्तकोशीमा बाढी आउँदा सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१२ हटिया नजिकको बस्तीका करिव ३ सय भन्दा बढि घर डुबानमा परेका छन् । सोमबार राती ति घरहरु डुबानमा परेका छन् ।

इलाका प्रहरी कार्यालय हनुमाननगरका अनुसार कोशी बाँध भन्दा तल रहेको नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका बस्तीका ३ सय भन्दा बढी घर डुबानमा परेका छन् । साँझ अचानक बाढी आउँदा बस्तीका अधिकांश परिवार विचल्लिमा परेका छन् । उनीहरुले हिजो देखि खान खान समेत पाएका छैनन् ।

भारत सरकारको कोशी योजनाले यसवर्ष ब्यारेज भन्दा तल कोशीको मुलधारलाई पाइलट च्यानलका माध्यमबाट पश्चिमतर्फ फर्काएपछि हनुमाननगरका ३ सय भन्दा बढी घरमा पानी पसेको हो ।

सप्तकोशी ब्यारेज भएर पानीको बहाव सोमबार साँझ १ लाख ७० हजारदेखि १ लाख ८० हजार क्यूसेक प्रति सेकेन्डका दरले मात्रै भइरहेकाले उक्त बस्तीहरुमा कोशीको पानी पसेको हो । यस अघि यो भन्दा बढी बहाव भएपनि यो बस्तीमा अहिलेसम्म पानी पसेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित