बिमस्टेक सम्मेलनका एजेण्डामाथि छलफल गर्न परराष्ट्र सचिवस्तरीय बैठक सुरु

bimastec sachib

 काठमाडौं । भदौ १४ र १५ मा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा छलफल हुने विषय र त्यसका बुँदा तय गर्न सदस्य मुलुकका परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा सुरु भएको छ ।

बैठकमा चौथो सम्मेलनका लागि १६ औं बिमस्टेक मन्त्रीस्तरीय बैठकले प्रस्ताव गरेका एजेन्डामाथि छलफल भइरहेको छ । बैठकले तयार पार्ने काठमाडौं घोषणापत्रका बुँदालाई बुधबार बस्ने मन्त्रीस्तरीय बैठकले अनुमोदन गरी सम्मेलनका लागि पठाउनेछ। सचिवस्तरीय बैठकमा क्षेत्रीय लगानी तथा व्यापार, पारवहन तथा सञ्चार, प्रविधि, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराध, कृषि, गरिबी निवारण र जनस्वास्थ्य गरी सहयोगका सात विषयमा छलफल गर्ने एजेन्डा छ।

प्रतिक्रिया

सम्बन्धित