मेट्स अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

mats

 चितवन । मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसले चितवनमा ‘मेट्स अष्ट्रेलियन एजुकेशन फेयर २०१८’ आयोजना गर्दैछ । भरतपुरस्थित गार्डेन रिसोर्टमा आज ११ बजेदेखि शुरु हुने फेयर दिउँसो ४ बजेसम्म चल्ने मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढका प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

मेट्स चितवनका अनुसार अस्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीलाई त्यहाँको रहनसहन, संस्कृतीका बारेमा सम्बन्धित परामर्श व्यवसायी तथा शिक्षालयका प्रतिनिधीले मेलामा जानकारी उपलब्ध गराउने छन् । त्यस क्रममा विद्यार्थीलाई अस्ट्रेलिया जानुपुर्व र गइसकेपछि गर्ने तयारीका विषयमा पनि विस्तृत जानकारी दिइने पौडेलले बताए ।

फेयरको मूख्य विशेषतामा वन टु वन काउन्सेलिङ, इभ्यालुसन एण्ड प्रोसेसिङ गाईडेन्स, आईइएलटिएस रजिष्ट्रेशन एण्ड टेष्ट डेट अभाइलबविलिटी, एट्रयाक्सन एन्गेजमेण्ट एण्ड इन्टरटेनमेण्ट रहेका छन् । यस्तै फेयरमा सहभागि हुने विद्यार्थीहरुका लागि आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको मेट्स एजुकेशनले जनाएको छ ।

यस्तै फेयरमा बैंकको प्रतिनिधिहरुको समेत उपस्थिति रहेको छ । नेपाल एसबिआई बैंक, ग्लोबल आईएमई बैंक र सानिमा बैंकको प्रतिनिधिहरुले विद्यार्थीहरु र अभिभावकहरुलाई शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी उपलब्ध गराउने छन् ।

फेयरमा जेम्सकुक युनिभर्सिटि, साउदनक्रस युनिभर्सिटि, फेडेरेशन युनिभर्सिटि, युनिभर्सिटि अफ सनसाईन कोष्ट, कपलान विजनेश स्कूल, द होटेल स्कूल सिड्नीरमेलवर्न, क्वीन्सफोर्ड कलेज, भाईब कलेज, अष्ट्रेलियन टेक्निकल कलेज, रेन्जफर्ड कलेज, अल्टिमेट इन्स्टिच्युट अफ अष्ट्रेलिया, अष्ट्रेलेसियन इन्टरनेशलन एकेडेमी, सिड्नी सिटी कलेज अफ म्यानेजमेण्ट, सिड्नी मेट्रो कलेज, न्यू इरा इन्स्टिच्युटलगायत युनिभर्सिटि तथा कलेजहरु उपस्थिति रहने छ ।

प्रतिक्रिया

सम्बन्धित