टोटनहृयामसँग म्यानचेष्टर युनाइटेड पराजित

hyari

 काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहृयामले म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा टोटनहृयामले युनाइटेडलाई ३–० गोल अन्तरले हराएको हो ।

ओल्ड ट्रार्फडमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा भने टोटनहृयाम हावी भयो । ५० औं मिनेटमा हृयारी केनले गोल गरे । दुई मिनेटपछि नै लुकास मौराले गोल गरे । खेलको ८४ औं मिनेटमा लुकासले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहृयामलाई ३–० को जित दिलाए ।

प्रतिक्रिया

सम्बन्धित