बिमस्टेक चौथो सम्मेलनमा एजेण्डाहरु तय

bimastec sachib

 काठमाडौं । काठमाडौंमा शुरु हुने प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा एजेण्डाहरु तय भएका छन् ।

 बिमस्टेक राष्ट्रहरूबीच उर्जा व्यापार सहज बनाउन गर्न लागिएको विद्युत प्रसारण लाईन महत्वपूर्ण विषयको रुपमा हेरिएको छ । विमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले अनुमोदन गरेपछि ‘ग्रीड कनेक्टिभिटी सम्झौता’ मा हस्ताक्षर हुने निश्चित भएको हो ।

 समझदारीपछि दक्षिण पूर्वीएशियाली देश म्यान्मार र थाइल्याण्डसम्म विद्युत बिक्रीको पहुँच विस्तार हुनेछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले बिमस्टेकको काठमाडौं घोषणापत्र पनि तयार पारेको छ । सदस्य राष्ट्रहरूबीच कनेक्टिभिटी, गरिबी निवारण, अन्तरक्षेत्रीय व्यापार तथा लगानी, जलवायु परिवर्तन र सुरक्षालाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित