आतंकवाद विरुद्ध एकजुट हुनु आवश्यक छ : प्रधानमन्त्री ओली

kp in bimstec

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले आर्थिक रुपले कमजोर रहेका जनताको स्तर उठाउन मूल लक्ष्यमा उपलब्धी हासिल गर्न सकेमा बिमिस्टेकले सफलता पाउने पनि बताए ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको उद्घाटन गर्दै ओलीले गरिबी निवारणलाई सबै सदस्य राष्ट्रले प्राथमिकतामा राख्नु पर्ने बताएका हुन्। बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको बताएउँदै प्रधानमन्त्री ओलीले भने–नेपाल अर्थपूर्ण क्षेत्रीय साझेदारीको पक्षमा छ, सार्क र बिमस्टेक एक अर्काको विकल्प होइन आपसमा पूरक हुन् । हामी बीबीआईएनमार्फत उपक्षेत्रीय साझेदारीलाई पनि सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

सम्मेलनको अध्यक्षतासमेत गरिरहेका ओलीले बिमस्टेकले केवल यि सात देश देशहरूलाई मात्र नजोड्न्ने भन्दै दक्षिण एसिया र दक्षिण–पूर्वी एसियालाई पनि गाँस्ने बताए । बिमस्टेकले महासागरहरूका साथै पहाडहरू जोड्ने र पारिस्थितिकीय परस्पर निर्भरतालाई बलियो बनाउने उनको भनाइ थियो ।

उनले बिमस्टेक क्षेत्र आतंकवाद, संगठित अपराध, लागूऔषधको तस्करी, मानव तस्करी तथा मनि लाउन्डरिङको जोखिममा रहेको समेत बताए । ओलीले भने–‘हामी आतंकवादको सबै रूप र अभिव्यक्तिहरूलाई पराजित गर्न एकजुट हुनु आवश्यक छ ।’

सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीले विशिष्ट अतिथिहरूको सम्मानमा आयोजित रात्रीभोज होटल हयातमा शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित