माग सम्बोधन नभएसम्म आन्दोलन, बिरामी मर्कामा

docter sketch

 काठमाडौं । मुलुकी अपराध संहिता, ०७४ चिकित्सक र स्वास्थ्यकर्मीविरुद्ध रहेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले खारेजीको माग गरेका हुन्। आइतबार माइतीघर मण्डलादेखि सुरु भएको चिकित्सकको र्‍याली बानेश्वर पुगेर टुंगिएको थियो।

विरोध सभामा संघका महासचिव डा। लोचन कार्की, शिक्षण अस्पतालमा हाडजोर्नी विशेषज्ञ डा। गोविन्द केसी, वरिष्ठ न्युरो सर्जन डा। वसन्त पन्तलगायतले संहिता खारेजको माग गरेका थिए।

माग पूरा नभए मुलुकभरिका स्वास्थ्य संस्थामा सोमबारदेखि प्रशासनिक काम बन्द गर्ने, मंगलबारदेखि आकस्मिकबाहेकका अन्य अपरेसन बन्द गरिने संघका महासचिव डा. कार्कीले जानकारी दिए। बिहीबारदेखि आकस्मिक सेवाबाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र शुक्रबारदेखि आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य संस्था बन्द गर्ने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित