समाज कल्याणमा भ्रष्टाचारलिला !

samaj kalyan

 काठमाडौं । सर्वोच्च अदालतको आदेशलाई समेत अटेर गरी महिला बालबालिका ज्येष्ठ नागरिक र समाजकल्याण मन्त्रालय अन्तर्गतको समाजकल्याण परिषद्मा आजभोली भ्रष्टहरू खुशी हुने गरेका छन् । मन्त्रीलाई दायाँ हातमा पारेको र अदालतको आदेश समेत मान्न नपर्ने भन्ने उनीहरूले भ्रष्टाचारकाविरुद्धमा समाचार प्रकाशन हुँदा पत्रपत्रिकासँग स्रोत खुलाउन आग्रह गर्दै कानुनसम्मत अघि बढ्ने समेत चेतावनी दिन थालेका छन् । तर, भ्रष्टाचारलिला भने रोकेका छैनन् ।

मन्त्री थममाया थापाले परिषद्का सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई हटाएको निर्णय सर्वोच्च अदालतले उल्टाएपछि उनलाई हाजिर गर्न दिइएको छैन । हाजिर गर्छन् भन्ने हिसाबले परिषदको उनको कार्यकक्षमा तालाबन्दी नै गरिएको छ ।

परिषद्का सदस्य सचिव भट्टलाई हटाएर मन्त्री थापाले प्रधानमन्त्री कार्यालयका सहसचिव राजेन्द्र पौडेललाई पठाएकी थिईन् । दुई साताअघि सर्वोच्च अदालतले भट्टलाई हटाउने गैर कानुनी भएको भन्दै यथास्थितमा राखी काम कामकाज गराउन सरकारको नाममा अन्तरिम आदेश दिएको थियो ।

परिषदका केही घुसिया र भ्रष्ट पदाधिकारीसँग मिलोमतो गर्दै मन्त्री थापाले सदस्यसचिवको कार्यालयमा तालाबन्दी गर्दा परिषदको सम्पूर्ण काम कारवाही ठप्प छ । अदालतबाट अन्तरिम आदेश लिएर आए पनि काम गर्न नपाएका सदस्य सचिव भट्टले मन्त्रीको कानून विपरितको कदमले परिषदले दिने सेवा ठप्प हुँदा सयौं गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका कार्यक्रम स्विकृत गर्न नपाइएको बताए । कामहरू प्रभावित हुँदा परिषदलाई लाखाैं रुपैया नोक्सानी भईसकेको उनले बताए ।

उता मन्त्री थापालाई उचाल्ने परिषद्का दुई नागरिकताधारी निर्देशक शिवकुमार बस्नेतलाई भने मन्त्री थापाले संरक्षण गरेकी छन् । उनको नागरिकता विवाद कायम छ । निर्देशक बस्नेतविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुर र राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।

उनले नयाँ नागरिकताअनुसार आगामी फागुन १५ गतेसम्म काम गर्न पाउनेछन् । बस्नेतले २०३५ फागुण २८ मा १८ वर्ष उमेर तोकी १२६९ को ०३५/०३६ नम्बरको पहिलो नागरिकता लिएका थिए । यसैलाई आधार मान्ने हो भने उनी २०१७ सालमा जन्मिएको र हाल ५८ वर्ष पुगिसकेको देखिन्छ । उनले २०४४ माघ ११ मा नागरिकता टोलीबाट २ को २०५ नम्बरको अर्को नागरिकता लिएका थिए । जसमा जन्म मिति २०१८ असार १५ उल्लेख छ ।

अहिले सोही समूहले भट्टलाई मन्त्रीले गरेको व्यवाहारमा खुशी मनाउँदै कानुनलाई नै चुनौति दिन थालेको छ । निर्देशक बस्नेत कारबाहीबाट जोगिँदै आएका छन् । उता मन्त्रीथापाले सरकारको निर्देशन विपरित गएर यिनै बस्नेतसहित परिषद्का कोषाध्यक्ष बिरबहादुर ठकुन्ना र गमबहादुर पुनलाई एक साता चीन भ्रमणमा समेत पठाएकी थिईन् । 

सर्वसाधारण कर्मचारी र पदाधिकारीलाई अवधि अगाडी नै विभिन्न बहानामा निकाल्दै आएको संस्थाले परिषद्का कोषाध्यक्ष वीरबहादुर ठकुन्नाकी छोरी उर्मिला ठकुन्ना, ज्वाँई सुनिल चन्दलाई भने अवकाश पश्ताच पनि म्याथ थप गर्दै जागिर थमौति गर्दै आएका छन् ।

परिषद्का उपाध्यक्ष निलमणी बरालले आफ्नो पदको दुरुपयोग गर्दै ६ लाखको गोल्डेन ह्यानचेक लिएर राजीनामा दिएकी बालिका थापालाई पुनः परिषदमा नियुक्ति गरेका छन् । उनले थापालाई आफ्नै पिएमा नियुक्ति गरेपछि परिषद्मा अहिले यो चर्चाको बिषय बनेको छ । २० बर्षदेखि भृकुटी मण्डप अनियमितताको नाईके समेत उपाध्यक्ष बराल रहेको स्रोतको दाबी छ ।

सत्यलाई तोडमोड गरी कानुनलाई खल्तीमा राखेको ठान्ने यो समुहले बलियो सरकारका मन्त्रीलाई प्रभावमा राखेर अदालतको आदेशलाई समेत मानाहानी गरेका छन् । उता हाजिर गर्न दिएको भन्ने सन्देश र जानकारी पठाउँदै आफु अनुकुलतामा यो समुहले काम गर्दै आएको स्रोतले दाबी गरेको छ । जनप्रहार साप्ताहिक

प्रतिक्रिया

सम्बन्धित