माछापुच्छ्रे र लुम्बिनीबीच सम्झौता

machhapuchre

 काठमाडौं। माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकले केन्द्रीय कार्यालयलगायत सबै शाखा कार्यालयबाट सहज रूपमा लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन् । बैंकको ८६ वटा शाखा, २ वटा एक्सटेन्सन काउन्टरसहित २७ शाखारहित बैंकिङ सेवा ९९ वटा एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित