प्रस्तावित प्रधानन्यायाधीश मिश्र विरुद्धका उजुरी खोलिँदै

ommishra

 काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रविरुद्ध परेका उजुरी आज खोलिँदै छ। संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरु खोलेर समितिका सदस्यहरुलाई वितरण गरिने भएको हो।

मिश्रविरुद्ध चार वटा उजुरी दर्ता भएको छ। बुधवार अन्तिम समयसम्म उनलाई अनुमोदन गर्न नहुने दाबीसहित चार थान उजुरी दर्ता भएको थियो। उजुरी अध्यननपछि उजुरीकर्तालाई बोलाउने तयारी समितिले गरेको छ।

यसअघि सिफारिस भएका न्यायाधीश दीपकराज जोशीको नाम सुनुवाइ समितिबाट अस्विकृत भएपछि परिषद्ले भदौ ७ गते मिश्रको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाइको इतिहासमा पहिलो पटक अस्वीकार गरिएकाले अब मिश्रको सुनुवाइ पनि चुनौतीपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित