माओवादी सरकारवाट बहिरियो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठवन्धन गरेको माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । सरकारबाट बाहिरएको औपचारिक घोषणाका लागि माओवादीतर्फबाट नेतृत्व गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । माओवादीले वाम गठवन्धनमा भए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहने बताउँदै आएको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई सरकारमा सामेल गराएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको थियो । प्रधानमन्त्री देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न नैतिक दबाब परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित