ट्राफिक व्यवस्थापन चुस्त बनाउन आईजीपीको निर्देशन

igp sarbendra

 काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका छन् । आज विहान महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुगमन गर्दै आईजीपी खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिएका हुन् ।

उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको अवस्थामा यसलाई सहज बनाउन निश्चित कार्ययोजना बनाएर अगाडि बढ्न महाशाखालाई आग्रह गर्दै उनले भने–‘जनताको इच्छा आकाङ्क्षाअनुुसार ट्राफिक प्रहरी चल्नुपर्छ ।’

अनुगमनका क्रममा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे आईजीपी खनाललाई अवगत गराएका थिए । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख र काठमाडौँ उपत्यकामा आठ लाख सवारी साधन आवातजावत गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित