हेलिकोप्टर दुर्घटनाको छानविन गर्न समिति गठन

heleycopter acc

 काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना छानविन गर्न समिति गठन गरेको छ । आइतबार मन्त्रीस्तरको निर्णयबाट तीन सदस्य छानविन समिति गठन गरिएको हो ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकमा गठित समितिमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङ र समिट एयरका वरिष्ठ इन्जिनियर मेघेन्द्रकुमार श्रेष्ठ सदस्यह रहेका छन् ।

गोरखाको सामागाउँबाट काठमाडौं फर्किने क्रममा शनिबार अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको थियो भने एक जना आनी डोल्मा डिकीको जिवितै उद्धार गरिएको थियो । उनको ललितपुरको धापाखेलस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा पाइलट निश्चल केसीसहित रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोर्खाका छोवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनिल तामाङ र जापानी नागरिक हिरोमी कोमात्सुको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित