काठमाडौंमा अर्को बलात्कार काण्ड, बन्धक बनाएरै दुई बालिकालाई बलात्कार

balatkar

 काठमाडौं । चारदिन देखि बेपत्ता भएका दूई बालिकाहरुलाई बन्धक बनाएर बलात्कार गरिएको रहस्य खुलेको छ । प्रहरीले काठमाडौंको कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ गरेसँगै यो रहस्य खुलेको हो । पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री छन् । पीडितको भने उद्धार गरेर जाँचका लागि प्रसुती गृह पठाइएको प्रहरीले जनाएको छ ।

दिन प्रतिदिन बढ्दै गएको बलात्कारका घटनाहरुलाई कम गर्न सरकारले कुनै पनि कार्ययोजना प्रस्तुत गर्न सकेको छैन । केहि समय अघि कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । त्यसलगत्तै पोखरामा एक बालिकाको हत्या भयो । त्यहाँ पनि बलात्कार भएको आशंका गरिएको छ । त्यसैगरी केही दिन अघि ललितपुरको गोदावरीमा पनि एक बालिका बलात्कारको शिकार भइन्् । यस्ता उदाहरणहरु धेरै छन् । तर, सरकारले भने बलात्कारको मुद्दामा कुनै ठोस कदम चाल्न सकेको छैन ।

खत्रीलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार १४ र १३ वर्षका ती दुई बालिका ४ दिनअघिदेखि हराइरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित