सन्दीप अफगानिस्तान प्रिमियर लिगमा आवद्ध

sandip

 काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग (एफपीए) मा आवद्ध भएका छन्।दुबईमा सोमबार भएको अक्सनमा सन्दीप लामिछानेलाई नान्गहर क्लबले १५ हजार डलरमा लिएको हो। सन्दीपलाई आइसिसि एशोसियट राष्ट्र अन्तर्गत अनुबन्धन गरेको हो।

इन्डियन प्रिमियर लिग खेलेर अन्तर्राष्ट्रिय यात्रा तय गरेका सन्दीप क्यारेबियन लिगमा समेत आवद्ध भइसकेका छन्। ड्राफ्टमा रहेका नेपाली कप्तान पारस खड्का र सोमपाल कामी भने अक्सनबाट लिलामी हुन सकेनन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मान्यता दिएको प्रतियोगितामा ४० भन्दा बढी विदेशी खेलाडीले भाग लिएका थिए।

अक्सनको क्याटागोरी आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसिसी एसोसिएट र इमर्जिङ गरी ६ श्रेणी निर्धारण गरिएको थियो। पाँच टोली सहभागी लिगमा पक्तिया, काबुल, नङरहार, बल्ख र कान्दाहारले प्रतिस्पर्धा गर्नेछन् ।

सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान छन्।

प्रतिक्रिया

सम्बन्धित