दोषीलाई कडा कारबाही हुने कानूनमन्त्रीको दावी

bhanubhakta dhakal_1

 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या र पत्रकार पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध गरेपछि त्यसको जवाफ दिंदै कानूनमन्त्री भानुभक्त ढकालले अपराधिलाई कडाभन्दा कडा कारबाही हुने बताएका छन्।

नेपाली कांग्रेसले संसद अवरुद्ध गरेपछि दोस्रो पटक कानूनमन्त्री ढकालले भोलीको बैठकमा सम्बन्धित मन्त्रीले घटनाका अन्य तथ्यगत विवरण जानकारी गराउने प्रतिबद्धता जनाएका छन् । त्यससँगै कांग्रेसको आजको संसद अवरोध पनि हटेको छ । कांग्रेसले १० मिनेट संसद अवरुद्ध गरेको थियो।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले संसदमा बोल्दै रोल्पामा तरुण दलका नेताका हत्यारालाई पक्राउ गर्न नसक्नु, निर्मला पन्त हत्या प्रकरणका दोषी माथि कारबाही हुन नसकेको, पत्रकारलाई पक्राउ गरिएकोलगायतका विषयमा सरकारसँग जवाफ माग गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित