निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा निलम्वित एसपी विष्ट, उनका छोरा र मेयर सुरेन्द्रका छोराको डिएनए परिक्षण

dilliraj bista

 काठमाडौं । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्त बलात्कार–हत्या काण्डमा निलम्वित भएका एसपी डिल्लीराज बिष्टको डिएनए परीक्षण हुने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले एसपी विष्टको डिएनए परीक्षणका लागि वेग्लै टोलीसमेत गठन गरेको छ।

टोलीले एसपी विष्ट, विष्टका छोरा किरण, भीमदत्त नगरापालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको पनि डिएनए परीक्षण गर्न रगत पठाएको नेपाल प्रहरीका प्रवक्ता एसएपी शैलेस थापाले बताए।

नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक हरिहर वस्तीसहितको टोली डिएनए परीक्षणका लागि गठन गरिएको छ। यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएनए रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित