महिला र यू–१५ साफ च्याम्पियनसिपको ड्र सार्वजनिक

saaf

 काठमाडौं । महिला साफ च्याम्पियनसिपको ड्र सार्वजनिक भएको छ। बंगलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको ड्र अनुसार नेपाल समूह ‘ए’ मा परेको छ। नेपाल रहेको समूहमा बंगलादेश, पाकिस्तान र भुटान छन्। यस्तै समूह बी मा भारत, माल्दिभ्स र श्रीलंका छन्।

दुवै समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन्। आगामी १४ डिसेम्बर देखी २३ डिसेम्बरसम्म हुने महिला साफ च्याम्पियनसिपको खेल स्थल भने तय हा बाँकी छ। यस्तै खेल तालिका पनि सार्वजनिक गरिएको छैन । च्याम्पियनसिप श्रीलंकामा हुने सम्भावना छ।

त्यसैगरी बिहीवारै नै साफ यू–१५ पुरुष च्याम्पियनसिपको ड्र पनि गरिएको छ। ढाका भएको ड्र अनुसार नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन्। यस्तै समूह ‘बि’ मा भारत, भुटान र श्रीलंका रहेका छन्। दुवै समूहको समूह विजेता र उपविजेता टोलीले पनि सेमिफाइनलमा स्थान बनाउने छन् ।

यू–१५ साफ च्याम्पियनसिप आगामी अक्टोबर २५ देखी नोभेम्बर ३ तारिख सम्म नेपालमा आयोजना हुनेछ। च्याम्पियनसिप ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित