नेपाली फिल्म खेल्न चाहन्छु : गोविन्दा

govinda

 काठमाडौं । काठमाडौं । बलिउड अभिनेता गोविन्दा काठमाडौंमा आएका छन् । शनिबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका गोविन्दा आज राजधानीमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड २०७५’ मा सहभागी हुन नेपाल आएका हुन् ।

गोविन्दा आफ्नी छोरीसहित नेपाल आएका हुन्। उनकी श्रीमती नेपाली मुलकी हुन्। त्यसैले पनि गोविन्दालाई नेपालका ज्वाईं भन्ने गरिन्छ । उनी भने विरामी भएका कारण अहिले आउन नपाएको गोविन्दाले बताए ।

तीन दिने नेपाल बसाईका क्रममा गोविन्दाले पशुपतिनाथ मन्दिर दर्शन गर्ने र चन्द्रागिरी केबलकार पुग्ने बताएका छन् । गोविन्दाले आफू नेपाली फिल्ममा अभिनय गर्न इच्छुक रहेको समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित