ललितपुरबाट चोरी गिरोहका नाइके गाडीसहित पक्राउ

ssp rabindra singh dhanuk

 काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले चोरी गर्न प्रयोग गरिएको गाडीसहित चार जना लुटेरालाई पक्राउ गरेको छ । प्रहरीले चोरीमा प्रयोग गर्ने औजारहरु पनि बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ कोदोखोरिया फाखेल बस्ने वर्ष २६ को सोमलाल स्याङतङ, सोमलाल थिङ्ग (चालक), वर्ष १९ को अमृत भन्ने राजु लामा र वर्ष २३ को कुमार लामा रहेका छन् । प्रहरीका अनुसार आज बिहान ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ९ छम्पी स्थित प्रल्हद बिष्टको घरको झ्यालको ग्रिल फोडी भित्र प्रवेश गरी चोरी गर्दै उनीहरु भागेका थिए । 

सो घटना लगत्तै बिशेष प्रहरी परिचालन गरी ललितपुर भैसेंपार्टीस्थित वाईवाई मोडबाट चोरी गर्न प्रयोग गरिएको गाडी र चार जनालाई पक्राउ गरिएकाे परिसरले जनाएकाे छ । उनीहरूकाे साथबाट धनमान एवम् चोरी गर्न प्रयोग हुने औजारहरु समेत पक्राउ गरिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रविन्द्रसिंह धानुकले वताए । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु श्रृंखलाबद्ध चोरी गिरोहका नाइके नै रहेको र थप अनुसन्धान भइरहेको एसएसपी धानुकले बताए । 

यसअघि प्रहरीले भदौ १७ गते राति करिव १ बजे सानेपा स्थित योगेश श्रेष्ठको घरमा प्रवेश गरी चोरी गर्न लागेको अबस्थामा सुरेश बर्माशाखालाई पक्राउ गरेकाे थियाे । त्यसैगरी ललितपुर तथा काठमाडौंको ठमेल र नयाँ बसपार्क क्षेत्रमा सुनका गहना लुट्दै आएको पेसेवर गिराेह पनि ललितपुर प्रहरीकाे फन्दामा परिसकेकाे छ ।

प्रहरी अनुसन्धानबाट खुलेका कुराहरु
१ - मिति २०७५ भदौ ३१ गते रातको समयमा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ५ लेले स्थित गंगाराज थापाले संचालन गरेको स्टेशनरी पसलको ढोकाफोडी नगद      रु. १००००।– चोरी गरेको ।
२-  मिति २०७५ भदौ १८ गते अन्दाजी रातको १२ः०० बजेको समयमा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ६ टिकाभैरव बजारमा रहेको लुम्बिनी बैंकको झ्यालको           ग्रिल फोडी सुरक्षाकर्मीलाई नियन्त्रणमा लिई चोरी डकैती गरेको ।
 ३- मिति २०७५ साउन ३१ गते रातको समयमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्धीपुरमा रहेको हरि महर्जनले संचालन गरेको सत्य बचत तथा ऋण सहकारी संस्थाको ढोका फोडी दुईवटा आईफोन लगायत रु. १२५२३९।– बराबरको धनमान चोरी डकैती गरेको । साथै निजहरुको अन्य घटनामा समेत संलग्नता रहेको हुन सक्ने भएकाले थप अनुसन्धान कार्य जारी रहेको छ ।
पक्राउ परेका व्यक्तिहरुः
१- मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ कोदोखोरिया फाखेल बस्ने वर्ष २६ को सोमलाल स्याङतङ ।
२- ऐ.ऐ. बस्ने वर्ष २३ को सोमलाल थिङ्ग (चालक) ।
३-ऐ.ऐ. बस्ने वर्ष १९ को अमृत भन्ने राजु लामा ।
४-  ऐ.ऐ. बस्ने वर्ष २३ को कुमार लामा ।
बरामद सामानहरुः
१- बा.१५च. ६०८१ नम्वरको पिकअप गाडी ।
२- मोबाइल सेट थान–५ ।
३- स्क्याप माक्सहरु क्याप टोपी समेत ।
४- सुनको जस्तो देखिने मुन्दा थान–१ ।
५-चोरी गर्न प्रयोग हुने औजारहरु (फलामे रडहरु, मार्ताेलहरु, हतौडी समेत) ।
६- विभिन्न दरका नगद रु.९२३८।–
७- क्यामरा थान–१
८- गंगाराज थापाको नाम लेखिएको चेक थान–१
९- विभिन्न मानिसहरुको नामको बिल रसिदहरु थान–२

 

प्रतिक्रिया

सम्बन्धित