काँग्रेसको उपचार गर्न अरिंगाल बन्नुपर्ने अहिलेको आवश्यकता : योगेश भट्टराई

Yogesh-Bhattarai

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले नेपाली काँग्रेसको उपचार गर्न पनि अरिंगाल बन्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए बताएका छन् । नसाका बिरामीका लागि अरिंगाल औषधी समेत हुने प्रसंग निकाल्दै भट्टराईले लामो समय सत्ता बसेको काँग्रेसको उपचार गर्न पनि अरिंगाल बन्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

बुधबार काठमाडौँमा एक कार्यक्रममा प्रतिनिधिसभाका सदस्य समेत रहेका भट्टराईले भने, ‘अरिंगाल औषधी पनि हो । लामो समय सत्तामा बस्दा काँग्रेसका नसामा समस्या छ, एकरदुई वटा अरिंगालले टोकाउने हो भने सञ्चो हुन्छ, यसका लागि पनि हामी अरिंगाल बन्नुपर्ने छ ।’

केहीदिन अघि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारकाविरुद्ध अनर्गल प्रचार भइरहेको भन्दै अरिंगाल जसरी प्रतिवादमा उत्रिनुपर्ने बताएका थिए ।

अरिंगालको गोलो चलाउने हो भने त्यहाँ भएका सबै अरिंगाल प्रतिवादमा उत्रने गर्छन् । सोही प्रसंग जोड्दै ओलीले आफ्ना नेता, कार्यकर्तालाई अरिंगाजस्तै सरकार र पार्टीविरुद्ध भएका गलत प्रचारका विरुद्ध लाग्न निर्देशन दिएका थिए । त्यसलगत्तै प्रमुख प्रतिपक्ष दल काँग्रेसले त्यसको आलोचना गरेको थियो । 

 सोही कार्यक्रममा पनि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन आएकाले आफू धेरै नबोल्ने भन्दै टिप्पणी गरेका थिए ।
कार्यक्रममा नेता भट्टराईले केही राजनीतिक दल वा नेताहरुको असहमतिलाई सिंगो जनताको असहमति भनेर संविधानको अपव्याख्या गर्न नहुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित