प्रहरीमा आन्तरिक शुद्धिकरण तीब्र ,४ महिनामा ४९५ प्रहरी कारबाहीमा

nepal_police

 काठमाडौं। सर्वेन्द्र खनाल आईजीपी बनेपछि ४ सय ९५ प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ। सुन तस्करी र या सनम शाक्य हत्याको आरोपमा प्रहरी प्रधान कार्यालयले २ जना एसएसपी, १ एसपी, २ डिएसपी, १ जना र १ जना जवान गरी ७ जनालाई निलम्बन गरेको थियो। उनीहरुसहित बैसाखमा १ सय ६५ प्रहरी कर्मचारी कारबाहीमा परेका थिए। जसमा २ एसएसपी, २ एसपी, २ डिएसपी, २ प्रहरी निरीक्षक, ६ असई, ६ सई, २२ हबल्दार, १ सय २० प्रहरी जवान र ३ कार्यालय सहयोगी छन्।

 कारबाही भएका मध्ये २४ जनालाई नोकरीबाट हटाइएको छ। जेठमा २ प्रहरी निरीक्षकदेखि ३६ प्रहरी कारबाहीमा परे। जसमा २ प्रहरी निरीक्षक, २ सई, ८ असई, ७ हबल्दार, १६ प्रहरी जवान र १ कार्यालय सहयोगी छन्। उनीहरु १० प्रहरी जवान र २ हबल्दार गरी १२ जनालाई नोकरीबाट हटाइएको छ। 

असारमा १ सय ६५ जना प्रहरी कर्मचारी कारवाहीमा परेका थिए। ३ प्रहरी निरीक्षक, १६ सई, ११ असई, १२ हबल्दार, १२१ जवान र २ कार्यालय सहयोगीले कारवाही भोगेका छन्। ४ जना सईसहित २४ जनालाई नाकरीबाट हटाइएको छ। साउनमा २ डिएसपी, ८ सई, ७ असई, १६ हबल्दार, ९३ प्रहरी जवान र ३ कार्यालय सहयोगीसहित १२९ जना कारवाहीमा परेका छन्। उनीहरु १ जना सई, १४ जना हबल्दार, १५ जवान र २ कार्यालय सहयोगी गरी ३२ जनालाई नोकरीबाट हटाइएको छ।

 अघिल्लो वर्षकै यही चार महिनामा ७ सय २२ प्रहरी कर्मचारी कारवाहीमा परेका थिए। अहिले यो संख्या घटेर ४ सय ९५ मा झरेको छ। यसलाई अझ कममा झार्ने योजना प्रहरी प्रधान कार्यालयको छ। प्रहरी प्रधान कार्यालयले १० बुँदे संगठन सुधारको कार्ययोजना समेत अघि सारेको छ।

 संगठनको संघीय संरचना सहज र औचित्यपूर्ण व्यवस्थापन, प्रहरी कर्मचारीको व्यवसायिकता, पारदर्शीता र निष्ठामा उत्कृष्ठता, सांगठनिक सदृढीकरण, आन्तरिक शुद्धिकरण, भ्रष्टाचारमाथि शून्यसहनशीलता, प्रहरी कर्मचारीको मनोबल उच्च र प्रहरी संगठनलाई नमुना संगठन बनाउनेलगायत योजना छन्।

प्रतिक्रिया

सम्बन्धित