सुनसरीमा प्रधानाध्यापक माथि गोली प्रहार गरी हत्या

hatiyar

 काठमाडौं। भारतबाट आएको हतियारधारी समूहले सुनसरीको भुताहामा प्रधानाध्यापक माथि गोली प्रहार गरी हत्या गरेको छ । मोटरसाइकलमा आएको चार जनाको हतियारधारी समूहले स्थानीय विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले दिएको जानकारी अनुसार हतियारधारी समूहको गोली लागेर प्रहरी हवल्दार शिवलाल पौडेल घाइते भएका छन्। नेपाल-भारत सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ गोली हानेर उनीहरू भागेको उप्रेतीले बताए ।

अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । उनीहरु चारै जना फरार छन् ।

हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुर्इ एसपी पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित