ठेकेदारहरुलाई चेतावनी दिँदै प्रधानमन्त्रीले भने - ठेक्कामा कार्टेलिङ गरे कडा कारवाही हुन्छ

olin

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि वर्तमान सरकारलाई कुनै अवाञ्छित लाभ लिनुपर्ने आबश्कयता नरहेको वताएका छन् ।

 नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक साधारणसभाको बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताए । 

 प्रधानमन्त्री ओलीले जानीजानी कम गुणस्तर वा कम मात्राको सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोजेमा कडा कारवाही गर्ने चेतावनी दिए  । संविधान जारीपछि अधिकार प्राप्तिको आन्दोलनको चरणबाट आर्थिक विकास, उन्नति र समृद्धिको चरणतर्फ प्रवेश गरेको अवस्थामा सबै क्षेत्रबाट योजनाबद्ध तरिकाले काम अगाडि बढाउनुपर्नेमा  प्रधानन्त्री ओलीको जोड थियो ।

 महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठले भौतिक पूर्वाधारलाई अलग राखेर समृद्धि हुन नसक्ने भन्दै समयमा गुणस्तरीय निर्माण नहुनुमा व्यावसायीलाई मात्र दोषी ठह-याउन नहुने बताए । साधारणसभाले निर्वाचनमार्फत  नयाँ समिती चयन गर्दै छ ।  

प्रतिक्रिया

सम्बन्धित