संसदको अन्तिम बैठक भोली, फोटो सेसन देखि बाटो खर्च बाँड्ने सम्मको कार्यक्रम

काठमाडौं : सभामुख ओनसरी घर्तीले शनिबार दिउँसो संसदको अन्तिम तथा विशेष बैठक बोलाएकी छिन् । रुपान्तरित संसदको आयू भोलिदेखि सकिने भएकोले भोली हुने बैठक विशेष हुने बताइएको छ । भोलीको बैठकमा शीर्ष नेता र सभामुख बोल्ने कार्यक्रम रहेको छ । सभामुख घर्तीले रुपान्तरिक संसदका सांसदलाई विदाइ गर्ने विषयमा प्रमुख सचेतकहरुसँग छलफल पनि गरेकी छिन । सभामुखले शनिबार दिउँसो २ बजे सांसदहरुसँग सामूहिक तस्वीर खिचाउने पनि कार्यक्रम छ । त्यसलगत्तै ३ बजे बस्ने संसदको अन्तिम बैठकलाई शीर्ष नेताहरुसँगै सभामुखले पनि सम्बोधन गर्नेछिन् । भोलीको अन्तिम बैठकसँगै संसद सचिवालयले सांसदहरुलाई बाटो खर्च दिएर बिदाइ गर्ने बताएको छ । यसको लागि सचिवालयले तयारी समेत गरिरहेको छ । सांसदहरुलाई घरसम्म पुग्ने बाटो खर्च दिएर बिदाइ गर्ने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । संसद सचिवालय स्रोतका अनुसार सांसदलाई काठमाडौंबाट घरसम्म पुग्न लाग्ने यातायात र खाना, खाजा खर्चबापतको रकम दिने तयारी छ । ुशनिबारको विशेष बैठकमा प्रमुख तीन दलका नेताले सम्बोधन गर्ने र अन्त्यमा सभामुखले सम्बोधन गरेर यो संसदको अन्य भएको घोषणा गर्ने कार्यसूची छ,ु सभामुखका प्रेस सल्लाहका बबिन शर्माले भने, ुसामूहिक फोटो खिचाएर सांसदहरुलाई विदाई गरिने छ।ु सभामुखले भोलि साँझ संसद भवन नयाँ बानेश्वरमा ुडिनर पार्टीु गरेकी छन्। त्यससँगै शनिबार राती १२ बजेपछि यो संसदको आयु समाप्त हुनेछ। संविधानत यो संसदको आयु आगामी माघ ७ गतेसम्म रहे पनि संविधानकै व्यवस्था अनुसार त्यस अगावै निर्वाचन भएमा मनोनयन दर्ता हुनु एक दिनअघि संसदको अवधी समाप्त हुने उल्लेख छ। त्यही व्यवस्था अनुसार यही २९ गते समानुपातिकतर्फका सांसदका उम्मेदवारको मनोनय दर्ता हुने एक दिन अघि संसदको अन्त्य घोषणा हुन लागेको हो।

प्रतिक्रिया

सम्बन्धित