मेरो होइन राष्ट्र निर्माताको फोटो झुण्ड्याउनुहोस्र : प्रधानसेनापति थापा

purnachandra thapa_1

  काठमाडौं । नेपाली सेनाको नेतृत्व सम्हालेको दुई साता नपुग्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको इतिहासमा नै पहिलो पटक नयाँ नियम लागू गर्न सर्कुलर जारी गरेका छन् । प्रधानसेनापति थापाले देशभरका सैनिक व्यारेकमहरुमा आफ्नो तस्वीर नराख्न सर्कुलर गरेका हुन् । उनले भनेका छन्–‘अबदेखि राष्ट्र निर्माता पृथ्वीनारायण शाह र परमाधिपतिका हैसियतमा राष्ट्रपतिको मात्र तस्वीर राख्नुहोस् ।’

यसअघि मुख्यालयसहित बाहिनी, पृतना, तालिमकेन्द्र, गण र गुल्महरुमा प्रधानसेनापतिको तस्वीर झुण्ड्याउने गरिन्थ्यो । सशस्त्र प्रहरी र नेपाल प्रहरीमा पनि यहि नियम छ । सशस्त्र र नेपाल प्रहरीले पनि आ–आफ्ना प्रमुखहरुको फोटो राख्ने गरेका छन् ।

त्यसैगरी थापाले सैनिक जर्नेलका पत्निहरुलाई ‘रानी साहेब’ भन्नुपर्ने चलन हटाएका छन् । अहिले पनि सेनामा जर्नेल पत्निहरुलाई रानी साहेब भन्ने चलन छ । त्यस्तै पल्टनको वार्षिकोत्सवका नाममा हुने भोजमा समेत अंकुश लगाइएको छ भने सैनिक अधिकृतका विवाहमा सबै अधिकृतलाई बोलाउने भड्किलो चलन पनि हटाउन सर्कुलर जारी गरिएको छ ।

मुख्यालयले जारी गरेको सर्कुलरमा सैनिक अधिकृतका घरमा जवानहरुलाई घरेलु कामदारका रुपमा राख्न पनि प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया

सम्बन्धित