हावाको बिजुलीले सिन्धुलीमा ८३ घर झिलिमिली

सिन्धुली : पछिल्लो समय हावाबाट विजुली उत्पादन गर्ने क्रम बढेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँमा पनि ३५ किलोवाट बिजुली उत्पादन शुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले दुर्गम क्षेत्रका ८३ घर उज्यालो बनाउने जानकारी दिए । अहिलेसम्म नेपालका विभिन्न सात ठाउँबाट वायु र सौर्य ऊर्जा प्रणालीबाट एक सय ८६ किलोवाट बिजुली उत्पादन भएको छ । मंगलबार मात्र सिन्धुलीको हरिहरपुरगढी गाउँमा वायु–सौर्य ऊर्जा प्रणालीबाट ३५ किलोवाट बिजुली उत्पादन भएको छ । ऊर्जा प्रवद्र्धन केन्द्रले वायु र सौर्य ऊर्जा प्रणालीबाट नवलपरासीको धोवाडीमा १२ किलोवाट, मकवानपुरको फापरबारीमा २५ किलोवाट, कमलबजारमा ३१ किलोवाट, जुम्लाको तातोपानीमा २६ किलोवाट, बझाङमा २२ किलोवाट, चिसापानीमा ३५ किलोवाट र सिन्धुलीको हरिहरपुरगढी गाउँमा ३५ किलोवाट बिजुली उत्पादन गरिरहेको छ । चालु आर्थिक वर्षमा जुम्लाको नरकोटमा वायु र सौर्य ऊर्जा प्रणालीबाट ८० किलोवाट, पाल्पाको मित्तयलमा २२ किलोवाट र भोजपुरमा ३५ किलोवाट बिजुली उत्पादन गर्ने योजना रहेको जनसंख्या तथा वातावरण मन्त्रालयको योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित