वर्तमान राष्ट्रपति विपक्षी दलका नेता सोलिहसँग पराजित

sohil

 काठमाडौं । मालदिभ्समा विपक्षी दलका नेता इब्राहिम मोहम्मद सोलिह राष्ट्रपतिमा विजयी भएका छन् । उनी भारत निकट रहेको बताइन्छ भने निवर्तमान राष्ट्रपति अब्दुला यामिनलाई चीनको समर्थन रहेको बताइन्छ । सोलिहले यामिनलाई पराजित गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार सोहिलले ५८.३ प्रतिशत मत पाएका छन् । उनले १३ लाख ३ हजार ८०८ मत पाए भने यामिन ९५ हजार ५२६ भोटले पछि परे ।


आइतबार भएको निर्वाचनमा ८८ प्रतिशत मत खसेको थियो । चार दलीय गठबन्धनका उम्मेदवार बनेका सोहिलले यो आफ्ना लागि खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन् । उनले अर्का प्रत्यासी यामिनले जनमतलाई स्वीकार गर्नुपर्ने पनि बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित