पीएसजीको लगातार छैटौं जित

psg

 काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार छैटौं जित निकालेको छ । फ्रेन्च लिग वान फुटबलमा आइतबार राति भएको खेलमा रेन्नेसलाई ३–१ गोलअन्तरले पराजित गर्दै पीएसजीले आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको हो । पीएसजीको जितमा एन्जल डी मारिया, थोमस म्युनिर र एरिक म्याक्सिमले गोल गरे ।

पीएसजीका एड्रिन राबिओटले आत्मघाती गोल गरेपछि रेन्नेसले अग्रता बनाएको थियो । खेलको ४५ औं मिनेटमा डि मारियाले गोल गर्दै पीएसजीलाई १–१ गोलको अवस्थामा पुर्‍याएका थिए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको पीएसजीले दोस्रो हाफमा थप २ गोल गर्दै जित निकालेको हो ।

खेलको ६१ औं मिनेटमा म्युनिरले गोल गर्दै पीएसजीलाई २–१ गोलको अग्रता दिलाएका थिए । खेलको ८३ औं मिनेटमा म्याक्सिमले गोल गर्दै पीएसजीलाई ३–१ गोलको स्थितिमा पुर्‍याएका थिए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल पीएसजीले ३–१ गोलले जितेको हो ।

प्रतिक्रिया

सम्बन्धित